Blackmail

 —
Rating
Likes Talking Checkins
2 0
About Nepali Movie
Description निर्माता श्री शरद अधिकारीको दोश्रो चलचित्र ब्ल्याकमेल, १४ बर्षमा २० चलचित्र सहायक निर्देशक र २२ वटामा मुख्य सहायक निर्देशकको अनुभव बटुलेका श्री मधुसुदन भट्टराईले पहिलो पटक निर्देशन गर्नु भएको छ । यो चलचित्रमा निर्देशकले चुनौतिपूर्ण भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राखेका छैनन् ।

तिसौं बर्षको अनुभवी क्यामराम्यान शिब ढकालले काठमाण्डौ उपत्यका, काभे्र, चित्तवन, कास्की तथा मनाङ्ग जिल्लाका रमणीय स्थानहरुमा चलचित्र छायाँकन गरेका छन् । ब्ल्याकमेलका ३ युगल गीत क्रमशः अञ्जु पन्त, उदीत नारायण झा र दीपक लिम्बु, माण्डवी त्रिपाठी एवं सन्तोष तामाङ्ग र दुर्गा खरेलव्दारा गाईएका छन् भने राजेश पायल राई र दीपक लिम्बका एकल गीत छन् । गीतकारमा दयाराम पाण्डे, लोकराज बराल र संगीतकारमा अर्जुन पोखरेल तथा विपिन आचार्य रहेकाछन् ।

समग्रमा, ब्ल्याकमेल चलचित्र त्रिकोणत्मक प्रेम कथामा आधारित छ । चलचित्र हेरी रहँदा रहस्यात्मक भएकोले दर्शकलाई उत्सुकता तथा कौतुहलता बढाईरहन्छ । यो अन्य चलचित्र भन्दा बढी रोमाञ्चक (थ्रिलर) छ । व्दन्द निर्देशक योगेन्द्र श्रेष्ठको व्दन्द संयोजन तथा प्रदीप श्रेष्ठको नृत्य निर्देशन (कोरियोग्राफी) हेर्दा एक्सन र डान्सले पनि दर्शकहरुलाई भरपूर मनोरञ्जन र रोमाञ्चकता नै पैदा गर्छ ।

चलचित्र सर्जक शिवम अधिकारीको ४१ सौ यस पटकथामा राम्रो सन्तुलन राख्दै सरल र स्तरिय सम्वाद प्रस्तुत गरेका छन् ।
Web site www.blackmailmovie.com
Share

Reviews and rating

Avatar
Rate this movie